वीरगञ्जमा मदिरा र माछामासु बिक्री गर्न नपाइने राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन

वीरगञ्जमा मदिरा र माछामासु बिक्री गर्न नपाइने राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन

 

 

वीरगञ्ज महानगरपालिकाले राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन महानगरभित्र मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाएको छ।

पशुपन्छी र जीवजन्तुको बध गर्न, मदिरा र माछामासु बिक्री तथा वितरणमा रोक लगाउने निर्णय भएको महानगरले निकालेको सूचनामा उल्लेख छ।

माघ ८ गते वीरगञ्जको घडीअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको छ।

यस्तै सोही दिन भारतको अयोद्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको पनि कार्यक्रम छ।

यी दुई कार्यक्रमलाई लक्षित गर्दै महानगरले मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको हो।

 

यस्तो छ सूचना:

420487023_407065635003268_7550753321745776225_n-1705568652.jpg

More From Author

उपाध्यक्ष जोशीको निधन गाउँपालिका

सशस्त्रकी बक्सिङ खेलाडी गोसाई भक्तपुरमा मृत भेटिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *