प्रधानमन्त्रीले मन्त्रीहरूलाई बालुवाटारमा बोलाएर भने, प्रहरी समायोजन १५ दिनभित्र टुंग्याउनू

प्रधानमन्त्रीले मन्त्रीहरूलाई बालुवाटारमा बोलाएर भने, प्रहरी समायोजन १५ दिनभित्र टुंग्याउनू

 

 

 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका छन्।

बुधबार बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रीलाई बालुवाटारमा डाकेर प्रधानमन्त्रीले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन्।

‘संघीयता कार्यान्वयन जुन गतिका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ’, प्रधानमन्त्रीले भने, ‘यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर विरोधीहरूले संघीयतामाथि हमला गरिरहेका छन्।’

बैठकमा गृहमन्त्री श्रेष्ठलगायत मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र गृह मन्त्रालयका अधिकारी उपस्थित थिए।

More From Author

चितुवाको त्रास तनहुँको बन्दीपुरमा

आज यी स्थानमा वर्षा र हिमपात

Leave a Reply

Your email address will not be published. Required fields are marked *