राम्रो काम गरौं: प्रकाशमान सिंह, एकले अर्कोलाई आक्षेप लगाएर हुँदैन

राम्रो काम गरौं: प्रकाशमान सिंह, एकले अर्कोलाई आक्षेप लगाएर हुँदैन

 

 

 

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले एकले अर्कोलाई आक्षेप लगाउनुभन्दा राम्रो काम गर्नुपर्ने बताएका छन्।

पोखरामा आइतबार कार्यकर्ता भेटघाटका क्रममा बोल्दै उनले कांग्रेसलाई आगामी दिनमा पनि एक नम्बर पार्टी बनाउनुपर्ने बताए। त्यसका लागि राम्रो काम गर्दै जानुपर्ने सिंहको भनाइ छ।

‘सबैले प्राप्त जिम्मेवारीलाई राम्रोसँग पूरा गरे पार्टी आफैँ सुदृढ हुन्छ,’ सिंहले भने, ‘एकले अर्कोलाई आक्षेप लगाएर पार्टी उभो लाग्दैन।’ उनले राम्रो काम गर्दै गएमा कार्यकर्तामा नैरास्यता नआउने पनि बताए।

सि‌ंहले मुद्दा विशेषका आधारमा पार्टीभित्र फरक मत देखिनु स्वभाविक भएको बताए।

पार्टीलाई बलियो र जनमुखी बनाउन सिर्जनात्मक तथा तथ्यगत रूपमा सुझाव दिन पनि उनले कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

 

फरक प्रसंगमा माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा पार्टी र गठबन्धनका साझा उम्मेदवारलाई जिताउन उनले अपिल गरेका छन्।

सिंहले पार्टीले लिने नीतिलगायतका विषयमा फागुनमा हुने महासमिति बैठकमा छलफल गरिने बताएका थिए।

More From Author

६ जना पक्राउ दोहोरी साँझ गएका पुरूषको कुटपिटबाट मृत्यु भएको घटनामा

५० वर्षीय पुरुष पक्राउ ४५ वर्षीया महिलालाई बलात्कार गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *