प्रधानमन्त्री ,खेलको विकासलाई युवाहरूको मात्रै मुद्दाका रुपमा लिनु हुँदैन

 

प्रधानमन्त्री ,खेलको विकासलाई युवाहरूको मात्रै मुद्दाका रुपमा लिनु हुँदैन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा अघि बढाउनुपर्ने बताएका छन्।

उनले विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय पुलको काम गर्नसक्ने बताए। उनले नेपाल जस्तो विकासोन्मुख देशका लागि खेलकुद अर्थतन्त्रको महत्वपूर्ण र अन्तर्राष्ट्रिय कुटनीतिमा महत्वपूर्ण सावित हुने बताए।

शुक्रबार काठमाडौंमा नेपाल वादोरियो कराते संघको आयोजनामा भएको चौथो राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकास केवल युवाहरूको मात्रै मुद्दा मात्रै नभइ राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा हेर्न र बुझ्न सक्नुपर्ने बताए।

उनले खेल क्षेत्र शारीरिक र मानसिक क्रियाकलापमा मात्रै सीमित नरहेको भन्दै आजको संसारमा खेलकुदको महत्व बहुआयामिक रहेको जिकिर गरे। प्रधानमन्त्री दाहालले मुलपानी मैदान तल्लो, मोरङको वैदनाथपुरमा निर्माणाधिन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमार रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरिसकेकाले अब द्रुत गतिमा काम अघि बढ्ने बताए।

प्रधानमन्त्री दाहालले देशको विकास र प्रगतिका निम्ति प्रशस्त सम्भावनामध्ये खेलकुद क्षेत्र महत्वपूर्ण रहेको जिकिर गरे। प्रधानमन्त्रीको आफ्नो तेस्रो कार्यकालमा खेलाडीहरूको वृत्ति विकास र प्रोत्सहनलाई केन्द्रमा राखेर काम गर्दै आएको दाबी गरे।

More From Author

टर्कीको मुद्रा इतिहासकै कमजोर अमेरिकी डलरको तुलनामा

विद्यालय बन्द जनकपुरधाम उपमहानगरका

Leave a Reply

Your email address will not be published. Required fields are marked *