एकजनाको मृत्यु टिपर दुर्घटनामा

 

एकजनाको मृत्यु टिपर दुर्घटनामा

काठमाडौं : मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मकवानपुर गढी गाउँपालिका १ बादरखोल्सीस्थित भित्रि सडकखण्डमा लेनडाँडाबाट बादरखोल्सी जाँदै गरेको बागमती प्रदेश –०३–००१ ख १४८९ नम्बरको टिपर गएराति साढे १२ बजे सडकबाट झण्डै १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएको हेटौंडा १५ रातोमाटे बस्ने २२ बर्षीय सुकेदव पाख्रिनको उपचारका क्रममा हेटौंडा अस्पतालमा आज विहान मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

More From Author

सरकार माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै

भूकम्प अफगानिस्तानमा ६.४ म्याग्निच्युडको

Leave a Reply

Your email address will not be published. Required fields are marked *