भूकम्प अफगानिस्तानमा ६.४ म्याग्निच्युडको

 

भूकम्प अफगानिस्तानमा ६.४ म्याग्निच्युडको

उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो। उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पबाट कुनै पनि मानवीय क्षति नभएको बताइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले २०६.६ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा ३६.५१ डिग्री उत्तर अक्षांश र ७०.६० डिग्री पूर्वी देशान्तरमा रहेको बताएको छ। भूकम्पको धक्का बदख्सानको छिमेकी तखार, कुन्दुज, बल्ख, बाघलान र सामंगन प्रान्तका साथै पूर्वी लघमान र नान्गाहार प्रान्तमा पनि महसुस गरिएको थियो।

अफगानिस्तानको राजधानी काबुलमा, स्थानीय बासिन्दाहरू, भूकम्पको धक्का महशुस गर्दै, आफ्नो घर र अपार्टमेण्ट छोडेर भागेका थिए। भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो।

More From Author

एकजनाको मृत्यु टिपर दुर्घटनामा

शालिकमा माल्यार्पणका लागि पुगे राष्ट्रपति पृथ्वीनारायण शाहको

Leave a Reply

Your email address will not be published. Required fields are marked *