बालक घाइते सल्यानमा बँदेलको आक्रमणबाट

 

बालक घाइते सल्यानमा बँदेलको आक्रमणबाट

सल्यान : सिद्धकुमाख गाउँपालिका बँदेलको आक्रमणबाट ११ वर्षीय बालक घाइते भएका छन्। सिद्धकुमाख–५ दहका ११ वर्षीय मोहन विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधबार बारीमा बाख्रा चराइरहेका उनलाई एक्कासी बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। उनको ढाड, र दाहिने हातमा चोट लागेको छ। उनको उपचार सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

पछिल्लो समय बँदेल बस्तीमा पसेर अन्नबालीमा क्षति पुर्‍याउनुका साथै मानिसमालाई पनि आक्रमण गर्न थालेको छ।

यही २१ गते नै यही ठाउँका १४ वर्षीय सन्दीप विकलाई पनि बँदेलले आक्रमण गरेको थियो।

 

More From Author

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चिटिक्क पारियोआन्तरिक भन्सार

दूधमा अनुदान दिँदै दश हजार किसानलाई भरतपुर महानगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *