त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चिटिक्क पारियोआन्तरिक भन्सार

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चिटिक्क पारियोआन्तरिक भन्सार

 

 

 

काठमाडौँ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक भन्सार चेकिङ क्षेत्रमा अहिले निकै चिटिक्क पारिएको छ।

दैनिक १४ हजार यात्रुको आवागमन हुने गरेपछि ‘एक्स-रे’ मेसिनसामु अव्यवस्थित भीड हुने गरेको थियो। भीडका कारण लामो समय कुरेर बस्नुपर्ने गुनासो आएपछि क्यानसँग समन्वय गरी विमानस्थलको भन्सार विभाग विस्तार गरिएको हो।

विदेशी पर्यटकलाई सबै कुरा बुझ्न सहयोग होस् भनेर अहिले भन्सारमा न्याथम कलेजसँग समन्वयन गरी हस्पिटालिटी म्यानेजमेन्ट पढेका विद्यार्थीहरूलाई समेत खटाइएको छ। यात्रुहरूको सहजताका लागि सोफाको व्यवस्था पनि गरिएको छ।

दुईवटा मात्र ‘एक्स-रे’ मेसिन भएकोमा अहिले थपेर चारवटा बनाइएको छ। जसमा नेपाली, भारतीय र विदेशी नागरिकलाई छुट्टै लाइन र महिलाका लागि पनि छुट्टै लाइनको व्यवस्था गरिएको छ।

More From Author

बिरामीबाट गुनासो नआउने गरी काम गर्न वीर अस्पतालमा निर्देशन

बालक घाइते सल्यानमा बँदेलको आक्रमणबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *