आजदेखि सुरु हुँदै नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन

 

आजदेखि सुरु हुँदै नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन

काठमाडौं :  रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिवेशन आजदेखि सुरु हुँदैछ।

बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछन्। तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुने संरक्षक चौधरीको दाबी छ।कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ।

चौधरी आफैँ पार्टीको अध्यक्ष बन्ने तयारीमा छन्। महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ। विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ।

गत निर्वाचनमा भाग लिएर ४ सीट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो राजनीतिक दल हो। टीकापुर घटनापछि जेल परेका संरक्षक चौधरीले जेलबाटै श्रीमती चौधरीलाई अध्यक्ष बनाएर पार्टी गठन गरेका थिए। अध्यक्ष चौधरी चुनाव जितेर अहिले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रीसमेत छिन्।

 

More From Author

अपहरण गर्ने पक्राउ,वडाध्यक्षका १० वर्षे छोरा बालकको सकुशल उद्धार

ज्युँदा आमाछोरीकोअदालतले मृत्युको प्रमाण पत्र जारी गरेपछि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *