आम्दानी र रोजगारी नहुँदा गाउँमा मानिस बसेनन्: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले गाँउमा विकास र सुविधा पुगे पनि रोजगारी तथा आम्दानी नहुँदा मानिस नबसेको बताएका छन्।
गाउँमा विकास पुग्न थाले पनि उपभोग गर्ने मानिस कोही नहुने हुन् कि भन्ने चिन्ता देखिएको उनको भनाइ छ।
तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले गाउँमा बिस्तारै विकास पुगे पनि सम्मानजनक रोजगारीको अवस्था भने नरहेको बताए।
‘गाउँमा बिस्तारै सुविधा पुगेको छ। विकास भइरहेका पनि छन् तर सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही नरहने हो कि जस्तो भएको छ,’ उनले भने, ‘गाउँमा सबैथोक पुग्यो तर सम्मानजनक रोजगारी र आम्दानीको अवस्था नै छैन।’
उनले भने.. श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको उनले बताए। ‘अबको शिक्षा पनि यिनै विषयमा केन्द्रित हुनुपर्छ,’