‘किन लाग्छ माया’ को फर्स्ट लुक सार्वजनिक, मेघ सुबेदी मुख्य भूमिकामा

काठमाडौं। समाजसेवी मेघ सुबेदी अभिनीत नेपाली कथानक चलचित्र ‘किन लाग्छ माया’ को फर्स्ट लुक सार्वजनिक गरिएको छ। यस एण्ड यस प्रोडक्सनको ब्यानरमा बनेको फिल्म आगामी चैत्र ६ गतेदेखि प्रदर्शनमा आउँदैछ।

लेखक समेत रहेका मेघ सुबेदी र कलाकार सन्जित भण्डारी चलचित्रका मुख्य नायक हुन्। त्यस्तै जनवी बस्नेत र रिचा थापाले नायिकाको भूमिका निर्वाह गरेका छन्। फिल्मलाई सन्जित भण्डारी र मनु खड्काले संयुक्त रूपमा निर्माण गरेका हुन् भने कुबेर तामाङले निर्देशनमार्फत चलचित्रमा निर्देशकको रूपमा डेब्यु गरेका छन्।

लेखक तथा नायक सुबेदीका अनुसार फिल्मले परिवारभित्रको आपसी सम्बन्ध सकारात्मक वा नकारात्मक बन्ने आधार पारिवारिक माया र प्रेम नै हो भन्ने मुख्य विषयवस्तु उठान गर्छ।

चलचित्रमा धिरेन शाक्य, मिस पबी, सम्राट थापा सहितका कलाकारहरूको पनि अभिनय समावेश गरिएको छ। लामो समयपछि चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले कोरियोग्राफी गरेका द्वन्द्व दृश्य पनि फिल्ममा समावेश छन्।

फिल्मका छायाकारमा रामजी लुइँटेल, नितिन वाइबा र अभि वाग्ले छन्। आर आर फिल्म्सले वितरण गर्ने यो चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ र हाल पोस्ट–प्रोडक्सनको काम भइरहेको निर्माण पक्षले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार