थप ३ नेपालीको मृत्यु रूसी सेनामा गएका

थप ३ नेपालीको मृत्यु रूसी सेनामा गएका

 

 

 

काठमाडौं : रूसी सेनामा गएका थप ३ नेपालीको मृत्यु भएको छ।

 

युक्रेनसँगको लडाईंका क्रममा उनीहरू मारिएका हुन्। थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘हामीलाई थप तीन जना नेपाली मारिएको सूचना प्राप्त भएको छ।’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृतबहादुर राईले थाहाखबरसँग भने, पूर्ण विवरण केहीबेरमा सार्वजनिक गर्छाैं।’

योसँगै रुस-युक्रेन लडाइँमा मारिने नेपालीको संख्या १० पुगेको छ। यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपाली युवाले युक्रेनसँगको लडाइँमा ज्यान गुमाइसकेका छन्।

 

More From Author

पूर्ण बनाउँछ खेलकुदले शिक्षालाई : राष्ट्रपति

ट्यांकरले ठक्कर दिँदा मृत्यु ,नयाँ वर्ष मनाउन आएका दुई भारतीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *