अटोमा सवार रौतहटमा ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु

अटोमा सवार रौतहटमा ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु

रौतहटमा तेल बोक्ने ट्यांकरले अटो गाडीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

सोमबार राति साढे ७ बजे चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्ग चिडिया दहचोकमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

गएराति ज १ झ ४४८५ नम्बरको ट्यांकरले प्रदेश २-०३-००१ ख १९२७ नम्बरको अटो गाडीलाई ठक्कर दिएको थियो। ठक्कर दिँदा अटोमा सवार ६ जना घाइते भएका थिए।

घाइतेहरूलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा दुई जनाको मृत्यु भएको डिएसपी गिरीले बताइन्।

मृतक ४० वर्षीया पिंकु सिंह र २० वर्षीय अब्देश राम छन्।

अन्य घाइतेको उपचार जारी छ। प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार