लिभरपुललाई शीर्ष स्थानमा तीन अंकको अग्रता

लिभरपुललाई शीर्ष स्थानमा तीन अंकको अग्रता

इंग्लिस प्रिमियर लिगको लिडर लिभरपुलले शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ।

सोमबार न्युकासललाई ४-२ गोलले हराएर लिभरपुलले अग्रता बढाएको हो।

लिभरपुलको जितमा सलाहले ४९ मिनेटमा पहिलो गोल गरे। तर ५४ मिनेटमा न्युकासलका इसाकले बराबरी गोल गरे।

७४ मिनेटमा जोन्स र ७८ मिनेटमा गाक्पोको गोलसँगै लिभरपुल ३-१ ले अघि बढ्यो। फेरि ८१ मिनेटमा न्युकासलका लागि बोटम्यानले गोल गर्न सफल भए।

८६ मिनेटमा सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल जिततर्फअघि बढेको थियो।

शीर्ष स्थानको लिभुरपुलले २० खेलबाट ४५ अंक जोडेको छ। दोस्रो स्थानको एस्टन भिल्लाको ४२ अंक छ भने तेस्रो स्थानको म्यानचेस्टर सिटी र चौथो स्थानको आर्सनलको ४०-४० अंक छ। यद्यपी सिटीले एक खेल कम खेलेको छ।

 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०८:४५

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार