प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा फेकनद्वारा ५ लाख सहयो
स्वतन्त्र शैक्षिक परामर्श सङ्घ नेपाल (फेकन) ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। जाजरकोट भूकम्पका पीडितको आवास पुनर्निर्माणका लागि ५ लाख सहयोग गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ५ लाख बराबरको चेक हस्तान्तरण गरेको हो ।
संघले विभिन्न माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । एनओसी लिँदा देखिने समस्या, विद्यार्थी बिमा, परामर्श व्यवसायमा लाग्ने दोहोरो कर, विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न कानुन निर्माण लगायतका विषयमा संघले ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्रीले सामाजिक उत्तरदायित्व निर्वाहमा फेकनको भूमिकाको प्रशंसा गर्दै जायज मागहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।