भूकम्पको महसुश सिन्धुपाल्चोकमा केन्द्रविन्दु भएर

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ।
आइतबार राति १०ः२१ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी सिन्धुपाल्चोकको लिस्तिकोट रहेको केन्द्रले बताएको छ। नेपाल—चीन सीमावर्ती क्षेत्र भएर गएको उक्त भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंसम्म महसुस गरिएको थियो ।

85 पटक हेरिएको 

