रोजगारी दिन सुझाव बालकुमारी घटनामा मृतकका परिवारलाई

रोजगारी  दिन सुझाव बालकुमारी घटनामा मृतकका परिवारलाई

 

 

कांग्रेस सांसद हृदयराम थानीले बालकुमारी घटनामा परी ज्यान गुमाएका परिवारलाई आर्थिक क्षतिपूर्तिसहित रोजगारीको बन्दोबस्त गर्न सुझाव दिएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा सांसद थानीले राहतका साथै रोजगारीको व्यवस्था गर्न सुझाव दिएका हुन् ।

‘बालकुमारी घटनामा मृतकका परिवारको आर्थिक अवस्था कमजोर छ । मृतकहरू कहाँ जाँदै थिए ? रोजगारीका लागि जाँदै थिए । आमा, बाबु, दिदीबहिनी पाल्नुपर्ने भनेर जान लागेका उनीहरूलाई दिइएको १०/२० लाख मासिन सक्छ,’ उनले सरकार र सम्बन्धित निकायले दिने राहत अपुग हुने बताए ।

‘उनका परिवारलाई तत्काल रोजगारीको व्यवस्था गरियोस् भन्ने कुरा गृहमन्त्रीलाई भन्न चाहन्छु’, सांसद थानीको भनाइ छ । साथै उनले बालकुमारी घटनामा मन्त्रीजस्तो व्यक्तिलाई धकेल्ने र गाडी जलाउने अवस्था किन र कसरी आयो ? भनेर प्रश्न समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार