वनभोज आएको बस बर्दियाबाट दाङमा दुर्घटना

वनभोज आएको बस बर्दियाबाट दाङमा दुर्घटना

 

 

दाङमा वनभोजका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ।

आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले २५ जना घाइतेको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र ४/५ जनालाई कोहलपुर पठाइएको जानकारी दिए।

तीमध्ये तीन जना गम्भीर भएको उनले बताए।

‘घाइते कति जना हो र अवस्था के हो भन्ने खुलेको छैन,’ उनले भने ‘ तुलसीपुर बजारबाट एम्बुलेन्सहरु उद्धारका लागि  पठाइएको छ।’

 

बसमा करिब ४० जना सवार रहेको उनले बताए।

More From Author

विदेशी लुगा बेच्दाबेच्दै बनाए कोरोना महामारीले मानवीय र आर्थिक क्षति त पुर्‍यायो नै,

सरकारले बालकुमारी क्षेत्रमा दुई जनाको हत्या गरेर परिस्थितिलाई उत्तेजित तुल्यायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *