सरकारले बालकुमारी क्षेत्रमा दुई जनाको हत्या गरेर परिस्थितिलाई उत्तेजित तुल्यायो

सरकारले बालकुमारी क्षेत्रमा दुई जनाको हत्या गरेर परिस्थितिलाई उत्तेजित तुल्यायो

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ललितपुरको बालकुमारी क्षेत्रमा दुई जनाको हत्या गरेर सरकारले नै परिस्थितिलाई उत्तेजित तुल्याएको बताएका छन्।

इपिएस परीक्षाका लागि आवेदनसम्बन्धी विषयमा बालकुमारी-ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो प्रदर्शन भएको थियो।

यो घटनामा २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको थियो।

‘बालकुमारी क्षेत्रमा आन्दोलनमा उत्रिएका युवाहरु लक्षित प्रशासनको दमन र गोली प्रहारको घटना दु:खद, आपत्तिजनक र दुर्भाग्यपूर्ण छ,’ अध्यक्ष लिङ्देनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशमा गरि खान पाउने वातावरण नपाएका बेरोजगार यूवालाई सरकारले संयमता गुमाइ गोली प्रहार गरेर हत्या गर्नु गम्भीर चिन्ताको विषय हो।’

इपिएस कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा दुई युवाको हत्या गरेर सरकार स्वयंले परिस्थितिलाई उत्तेजित तुल्याएको उनले बताए

 

घटनाको सत्यतथ्य छानविन गर्न, घाइतेको उपचार गर्न राप्रपाले सरकारसँग माग गरेको छ।

यस्तो छ विज्ञप्ति:

More From Author

वनभोज आएको बस बर्दियाबाट दाङमा दुर्घटना

तमु ल्होसार पर्व आज मनाइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *