तमु ल्होसार पर्व आज मनाइँदै

तमु ल्होसार पर्व आज मनाइँदै

 

 

गुरुङ समुदायले आज नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व भव्यरुपमा मनाउँदै छन्। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागतका रुपमा ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा ल्होसारको रौनक विशेष हुने गर्छ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ।

सरकारले आज सार्वजनिक विदा पनि दिएको छ। ‘तमु ल्होसार’का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका नेताहरुले शुभकामना सन्देश जारी गरेका छन् ।

More From Author

सरकारले बालकुमारी क्षेत्रमा दुई जनाको हत्या गरेर परिस्थितिलाई उत्तेजित तुल्यायो

एक वर्षमै नागरिक उड्डयनको नाफा करिब साढे तीन अर्ब

Leave a Reply

Your email address will not be published. Required fields are marked *