झापामा हात्तीको आक्रमणमा एक जनाको मृत्यु
बिर्तामोड : जङ्गली हात्तीको आक्रमणमा परी झापा शिवसताक्षी नगरपालिका– ११ सृजनाटोलका ४६ वर्षीय मेघराज राईको मृत्यु भएको छ।
पुष १२ गते मध्यराति १ बजे घर भत्काएर आक्रमण गर्दा सुतिरहेका मेघराज राई घटनास्थलमै ज्यान गएको झापा प्रहरीले जनाएको छ|
मृत्यु भएका राईको शव पोष्टमर्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।