गोरखा कम्ब्याट स्पोर्ट्सको भव्य उद्घाटन, युवालाई खेलकुद मार्फत सशक्त बनाउने लक्ष्य

अोहयो-फाइट तथा स्ट्रेन्थ ट्रेनिङमा केन्द्रित ‘गोरखा कम्ब्याट स्पोर्ट्स’ले आफ्नो ग्रान्ड ओपनिङ सम्पन्न गरेको छ। सन् २०१७ मा स्थापना भएको यस संस्थाले बक्सिङ, किकबक्सिङ र मुवाइ थाइ जस्ता कम्ब्याट स्पोर्ट्सका व्यवस्थित तालिम प्रदान गर्ने भएको छ।

संस्थाले खेलाडीहरूलाई रिङ तथा केज फाइटमा प्रतिस्पर्धा गर्ने अवसरसमेत उपलब्ध गराउने जनाएको छ। प्रशिक्षण हप्तामा ४ दिन सोमबार, बुधबार, बिहीबार र शुक्रबार बेलुका ६:०० बजेदेखि ७:३० बजेसम्म सञ्चालन हुनेछ। विशेष सुविधाअन्तर्गत बच्चाहरू तालिममा सहभागी भइरहेको समयमा अभिभावकहरूले निःशुल्क रूपमा फिटनेस जिम प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ।

आगामी २०२६ अप्रिल १ गतेदेखि नियमित कक्षा सुरु हुने प्रशिक्षक सजित लामाले बताउनुभएको छ। यसअघि २०२६ मार्च २८ गते सम्पन्न ग्रान्ड ओपनिङ कार्यक्रममा समुदायका व्यवसायी तथा समाजसेवी लक्ष्मी सङ्ग्रौला प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। सोही अवसरमा भुटानी समुदायबाट श्री भक्ता सर र रोशन हुमन विशेष अतिथिको रूपमा सहभागी भएका थिए। कार्यक्रममा मुवाइ थाइ प्रशिक्षक ब्राइस ली, कराते प्रशिक्षक श्रीमती शिवा जोगी तथा परिवारका सदस्यहरूको पनि विशेष उपस्थिति रहेको थियो।

खेलकुदको महत्त्व र युवा सशक्तिकरण
गोरखा कम्ब्याट स्पोर्ट्सले युवाहरूलाई खेलकुदमार्फत शारीरिक तथा मानसिक रूपमा सबल बनाउने उद्देश्य लिएको जनाएको छ। कम्ब्याट स्पोर्ट्सले आत्मरक्षाको सीप, आत्मविश्वास र अनुशासनको विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ। नियमित तालिमले शारीरिक सक्रियता, मांसपेशीको बल, सहनशक्ति र मानसिक एकाग्रतामा उल्लेखनीय सुधार ल्याउँछ।

विशेषज्ञहरूका अनुसार कम्ब्याट स्पोर्ट्सले युवाहरूमा रहेको ऊर्जालाई सकारात्मक दिशामा प्रवाह गर्न, तनाव व्यवस्थापन गर्न र नेतृत्व क्षमता विकास गर्न सहयोग पुर्याउँछ। यसले शारीरिक फिटनेससँगै मानसिक दृढता पनि प्रदान गर्दछ, जुन आजको प्रतिस्पर्धात्मक युगमा युवाहरूका लागि अत्यावश्यक मानिन्छ। संस्थाले यी पक्षहरूलाई ध्यानमा राख्दै गुणस्तरीय प्रशिक्षणमार्फत समाजमा स्वस्थ र अनुशासित युवा पुस्ता तयार पार्ने प्रतिबद्धता जनाएको छ।

More From Author

भूटनीस् अमेरिकेन सकर एसोसिएसन’ द्वारा ‘इन्टर क्याम्प २०२६’ फुटबल प्रतियोगिता आयोजना हुने।

सशस्त्र प्रहरी क्याम्प पुनःस्थापना नहुँदा शरणार्थी शिविरमा सुरक्षा चिन्ता बढ्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *