भुटानी शरणार्थीहरूको अपिल: सम्मानजनक स्वदेश फिर्तीका लागि सरकारी पहल आवश्यक

झापा— नेपालमा वर्षौंदेखि बसोबास गर्दै आएका भुटानी शरणार्थीहरूले आफ्नो मातृभूमि फर्किने अधिकार सुनिश्चित गर्न सरकारसँग पुनः आग्रह गरेका छन्।

प्रधानमन्त्रीलाई बुझाइएको निवेदनमार्फत झापा र मोरङका विभिन्न शिविरहरूमा अझै पनि करिब ६,५०० शरणार्थी बसिरहेको छ। निवेदनमा स्वदेश फर्कन इच्छुक भए पनि त्यसका लागि आवश्यक पहल र प्रक्रिया अझै अघि नबढेको गुनासो गरिएको छ।

शरणार्थीहरूले दीर्घकालीन समाधानको रूपमा भूटान सरकारसँग कूटनीतिक संवाद अघि बढाउन र त्यसमा संयुक्त राष्ट्रसंघ अन्तर्गतको युएनएचसीआर लगायत अन्तर्राष्ट्रिय निकायहरूको सहकार्य अपरिहार्य रहेको उल्लेख गरेका छन्।

त्यसैगरी, शिविर जीवन दिनप्रतिदिन कठिन बन्दै गएको उनीहरूको भनाइ छ। खाद्यान्न, स्वास्थ्य सेवा, शिक्षा तथा आवास जस्ता आधारभूत आवश्यकतामा कटौती हुँदै जाँदा उनीहरूको जीवनस्तर थप खस्किएको छ।

शरणार्थी समुदायले आफ्नो पहिचान र अस्तित्व जोगाउन समेत राज्यको ध्यान आवश्यक रहेको भन्दै समस्या समाधानका लागि स्पष्ट र प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।

More From Author

मेरो कविता’ सिजन–१ सम्पन्न: सोनाम पाल्जोर तामाङ बने विजेता

भूटनीस् अमेरिकेन सकर एसोसिएसन’ द्वारा ‘इन्टर क्याम्प २०२६’ फुटबल प्रतियोगिता आयोजना हुने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *