डिपोट भएको राई होटलमा मृत फेला।

झापा-झापाको दमक–३ फाल्गुनन्द चोकस्थित परदेशी होटल एण्ड लजमा एक पुरुष मृत फेला परेका छन्। आइतबार दिउँसो होटलको कोठा नं. २०१ मा अमेरिकाबाट डिपोर्ट भएका सन्जिल राई मृत अवस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार कोठाभित्र ‘गुग्ली’ नामक विषादीको डब्बा भेटिएको छ, जसकारण आत्महत्या गरेको आशंका गरिएको छ। उनलाई तुरुन्तै लाइफलाइन अस्पताल, दमक पुर्‍याइएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए।

राईलाई भेट्न आएकी दमक–३ की मनिला चाम्लिङ राईले सम्पर्क हुन नसकेपछि खोजतलास गर्दा उनी कोठामा अचेत अवस्थामा भेटिएका थिए।

सन्जिल राई झापाको शरणार्थी शिविरबाट अमेरिका गएका नेपाली भाषी भुटानी शरणार्थी थिए। उनी डिपोर्ट भएर नेपाल फर्किएका भए पनि कुन मितिमा र कुन मार्गमार्फत नेपाल प्रवेश गरेका हुन् भन्नेबारे प्रहरीले अझै पुष्टि गर्न सकेको छैन। परिवार भने हाल अमेरिकामै रहेको बताइएको छ।

More From Author

पेनसिल्भेनिया कार्लाइलमा तीज उत्सव २०२५ भव्यतापूर्वक हुने

अनुशासन, विश्वास र कडा मेहनत भए केही पनि असम्भव छैन विजेता धिमाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *