अमेरिकाले यमनमा गरेको हवाई आक्रमण, ३१ हुथी लडाकु मारिए, इरानको चेतावनी

अमेरिका-अमेरिकाले इरान समर्थित हुथी विद्रोहीहरू विरुद्ध यमनमा हवाई आक्रमण गरेको छ, जसमा कम्तीमा ३१ जना लडाकु मारिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि भएको यो आक्रमण हुथी नेताहरूलाई लक्षित गरिएको बताइएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जका अनुसार, यो कारबाही इरानलाई कडा सन्देश दिनका लागि गरिएको हो। अर्कोतर्फ, हुथी विद्रोहीहरूले अमेरिकी विमानवाहक पोत यूएसएस ह्यारी एस. ट्रुम्यान माथि आक्रमण गरेको दाबी गरेका छन्, तर अमेरिकी अधिकारीहरूले यो दाबी अस्वीकार गरेका छन्।

इरानले अमेरिकाको कारबाहीको कडा विरोध गर्दै प्रतिकार गर्ने चेतावनी दिएको छ। यो घटनाले मध्यपूर्वमा तनाव अझ बढाएको छ र निकट भविष्यमा इरान-अमेरिका सम्बन्ध झन् जटिल बन्ने संकेत देखिएको छ।

More From Author

नासा अन्तरिक्षयात्री सुनीता विलियम्स र बुट्च विलमोर पृथ्वी फर्कने तयारीमा

Bhutan’s Inclusion in the U.S. Travel Ban: A Wake-Up Call for the Himalayan Kingdom