शरणार्थी शिविरदेखि शेरिफ डिपुटीसम्म : सिम्सन मिजारको प्रेरणादायी यात्रा

ओहायो, अमेरिका – झापाको गोलधाप शरणार्थी शिविरमा जन्मिएका सिम्सन मिजारले हाल सपनाको देश अमेरिकामा सफलता हासिल गरेका छन्। कठिन परिस्थितिमा हुर्किएका सिम्सन अहिले अमेरिका स्थित ओहायो राज्यको लिकिङ काउन्टी शेरिफ कार्यालयमा शेरिफ डिपुटीको रुपमा कार्यरत छन्। सन् २०२५ जुलाई ३१ मा उनी विधिवत रूपमा शेरिफ डिपुटी पदमा नियुक्त भएसँगै उनको संघर्ष र समर्पणको यात्रा एक प्रेरणादायी कथामा परिणत भएको छ।

सिम्सन मिजारको जन्म झापाको गोलधाप शरणार्थी शिविरमा भएको थियो। शरणार्थी शिविरको कठिन जीवनशैलीले उनलाई दृढ निश्चयी र मेहनती बन्न सिकायो। जब उनी १३ वर्षका थिए, उहाँको आमाबुबासँगै अमेरिका जाने निर्णय गरे। नयाँ देश, नयाँ भाषा र फरक संस्कृतिको सामना गर्नु सजिलो थिएन, तर उनले आफ्नो भविष्य उज्यालो बनाउने दृढ संकल्प गरेका थिए।

सन् २०१३ मा उच्च विद्यालय (हाई स्कूल) समाप्त गरेपछि उनले क्रिमिनल जस्टिस (फौजदारी न्याय) विषयमा डिग्री हासिल गर्ने निर्णय गरे। अध्ययनकै क्रममा उनले अनआर्म्ड सेक्युरिटी गार्डको रुपमा आफ्नो सेवा सुरु गरे। निरन्तर परिश्रम र प्रतिबद्धताको आधारमा उनले क्रमश आर्म्ड सेक्युरिटी, कोर्ट सेक्युरिटी, र कर rection officer जस्ता जिम्मेवार पदमा काम गर्दै अनुभव सँगाल्दै गए।

सिम्सन सानैदेखि सेवा र सुरक्षामा प्रेरित थिए। विशेष गरी प्रवासी समुदायका लागि कानुनी जानकारीको अभाव र भाषागत अवरोधले थप चुनौती बनिरहेको देखेर उनले प्रवासी र कानुनी निकायबीचको सेतु बन्ने सपना देखे। यही प्रेरणाले उनलाई कानून कार्यान्वयनको क्षेत्रमा प्रवेश गर्न थप हौसला दियो।

सन् २०२१ मा उनी ओहायो राज्यको लिकिङ काउन्टी सरे र त्यहाँको शेरिफ कार्यालयमा डिटेन्सन फेसिलिटीमा काम गर्न थाले। चार वर्षको सेवापछि उनी पुलिस एकेडेमीमा छनोट भए। कठोर तालिम, परीक्षा र अनुशासनको मार्ग पार गर्दै उनले अन्ततः सन् २०२५ जुलाई ३१ मा शेरिफ डिपुटीको रुपमा दीक्षान्त गरे।

सिम्सन मिजारको जीवनयात्रा perseverance (दृढता), consistency (निरन्तरता) र आत्मविश्वासको एक ज्वलन्त उदाहरण हो।शरणार्थी शिविरबाट शुरुवात गरेर आज शेरिफ डिपुटी बनेँ, त्यसैगरी तपाईंहरू सबैले पनि आफ्नो सपना पूरा गर्न सक्नुहुन्छ। कडा मेहनत, समर्पण र सही सोचले तपाईंलाई सफलतातर्फ डो-याउँछ।

उहाँ अहिले आदर्श सेवा, नैतिकता, र समुदायप्रतिको करुणाका साथ आफ्नो जिम्मेवारी निभाइरहेका छन्। उनको उद्देश्य भनेको अरूलाई पनि प्रेरणा दिने र समुदायमा सकारात्मक प्रभाव पार्ने हो।

https://www.tiktok.com/t/ZT6fST2t4

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार