
पेनसिल्भेनिया/ पेनसिल्भेनियाको स्क्रान्टन निवासी ६८ वर्षीय टिका प्याकुरेल आफन्तको घरमा परिवार भेटघाटका लागि जानुभएको थियो। तर बुधबार बिहानदेखि उहाँ लान्कास्टर काउन्टीमा हराइरहनुभएको छ। उहाँबारे हालसम्म कुनै जानकारी प्राप्त नभएकोले परिवारजन निकै चिन्तित छन्।
लान्कास्टर टाउनशिप प्रहरीका अनुसार प्याकुरेललाई अन्तिम पटक बिहान करिब ८:३० बजे लान्कास्टर टाउनशिपको एबीभिल रोड (Abbeyville Road) क्षेत्रमा देखिएको थियो।
उहाँको शारीरिक विवरण अनुसार, उचाइ ५ फिट, तौल १६० पाउन्ड, कपाल सेतो र आँखा खैरो रंगको छ। हराउँदा उहाँले सुन्तलाको रङको टोपी, सेतो टि-शर्ट, खरानी रङको छोटो पाइन्ट, बहुरङ्गी चेकदार भेस्ट, क्रक्स जुत्ता, र बायाँ हातमा घडी लगाउनुभएको थियो।
प्रहरीका अनुसार प्याकुरेल मानसिक रूपमा अलमलिन सक्ने अवस्थामा हुन सक्ने भएकाले उहाँ तत्काल फेला नपरेको खण्डमा जोखिममा पर्न सक्ने सम्भावना रहेको छ।
यदि कसैलाई टिका प्याकुरेलको अवस्थाबारे जानकारी भएमा तुरुन्तै ९११ वा लान्कास्टर टाउनशिप प्रहरी (फोन नम्बर: 717-892-5873) मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

892 पटक हेरिएको 
