काठमाण्डौ । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनको क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू रविन्द्र मिश्र र धवलशमशेर राणा तथा स्वागत नेपालसहित ४१ जनालाई अदालतमा पेश गरेको छ ।
शुक्रवार काठमाण्डौ तीनकुनेमा दुई जनाको ज्यान जाने गरी भएको प्रदर्शनमा उनीहरूको संलग्नता रहेको आरोपमा प्रहरीले शुक्रवार राति नै उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूविरुद्ध प्रहरीले सङ्गठित अपराध, राज्यविरुद्धको कसूर र आपराधिक उपद्रको कसूरमा अनुसन्धान गर्न म्याद थपको अनुमति मागेको छ । राप्रपाले भने नेताद्वय मिश्र र राणालाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।



