जुलाई १ सम्ममा यूएसएआइडीलाई पुनर्गठन गर्ने ट्रम्प प्रशासनको निर्णय


अमेरिका । अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था यूएसएआइडीलाई प्रभावकारी रुपमा पुनर्गठन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले घोषणा गरेको छ । विदेश मन्त्री मार्को रुबियोले निकाल्नुभएको विज्ञप्तिमा सन् २०२५ को जुलाई १ सम्ममा युएसएआइडीका केही कार्यक्रमहरु पुनः समेट्ने गरी पुनर्गठन गर्ने आफ्नो आशयबारे विभागलाई जानकारी गराएको उल्लेख छ ।


अमेरिकी विदेश मन्त्रालयले ट्रम्प प्रशासनको प्राथमिकतासँग मेल नखाने यूएसएआइडीका बाँकी कामहरू बन्द गर्ने योजना बनाएको बताएको अन्तराष्ट्रिय संचारमाध्ययम रोयटर्सले जनाएको छ । 
गएको जनवरीमा पदभार ग्रहण गरेपछि रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि अमेरिकी वैदेशिक सहायता रोक्का गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।यसपछि यूएसएआइडीका विभिन्न कार्यक्रमहरूमा नाटकीय कटौती गरियो र महत्त्वपूर्ण मानवीय सहायताका लागि केही छुटहरू दिइयो ।

More From Author

राजावादीको आन्दोलन :  रविन्द्र मिश्र, धवलशमशेर राणासहित ४१ जना अदालतमा पेश

अमेरिकी कर वृद्धिको सामना गर्न तिन देश क्षेत्रीय व्यापार सहज बनाउन सहमत

Leave a Reply

Your email address will not be published. Required fields are marked *