अमेरिकामा आप्रवासीहरूका लागि नयाँ चुनौती, ग्रिन कार्ड सुरक्षित छैन

वासिङ्टन – ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिले कानुनी रूपमा आएका ग्रिन कार्डधारीहरूलाई समेत समस्या पारिरहेको छ। रियल आईडी बनाउनुपर्ने नियमले उनीहरूलाई थप झन्झटमा पारेको छ।

यसैबीच, फेक विवाहमार्फत ग्रिन कार्ड प्राप्त गर्ने प्रवृत्ति गम्भीर समस्या बन्दै गएको छ। हालै टेक्ससमा ठूलो संख्यामा फेक विवाहको खुलासा भएको छ, जसले अमेरिकामा बसोबासका लागि कानुनी प्रक्रिया झन् कडा बनाउने संकेत गरेको छ।

यसै क्रममा, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रिन कार्ड हुनु स्थायी बसोबासको ग्यारेन्टी नभएको स्पष्ट पार्दै, कुनै पनि आपराधिक गतिविधि वा कानुनी चुक भएमा सरकारलाई ग्रिन कार्डधारीहरूलाई निष्कासन गर्ने अधिकार रहने बताएका छन्।

यस घोषणापछि आप्रवासी समुदायमा चिन्ता बढेको छ। कानुनी प्रक्रियाहरू सही ढंगले पालना गर्न र आफ्नो स्थिति सुरक्षित राख्न ग्रिन कार्डधारीहरूलाई थप सचेत रहन विज्ञहरूले सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार