काठमाडौं,
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने को सांसद पद निलम्बन गरिएको छ। संघीय संसद सचिवालय का अनुसार, सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत मुद्दा दायर भएकै कारण लामिछानेको पद निलम्बन गरिएको हो।
यो खुलासा हालै संसद सचिवालयले प्रकाशित संसद दर्पणको ३६ औं अंक मा गरिएको छ। सचिवालयका अनुसार, कानुनी प्रक्रियाका कारण लामिछानेको संसद पद स्वतः निलम्बन भएको हो।
यस घटनाले नेपाली राजनीतिक वृत्तमा हलचल मच्चाएको छ। लामिछानेका समर्थकहरूले यसलाई राजनीतिक प्रतिशोध को संज्ञा दिँदै असन्तुष्टि जनाएका छन् भने विपक्षी दलहरूले यसलाई न्यायिक प्रक्रियाको स्वाभाविक परिणाम भनेका छन्।
अब रवि लामिछानेको राजनीतिक भविष्य कस्तो हुन्छ? के उनले कानुनी लडाइँ जितेर पुनः संसदमा फर्कनेछन्? वा यो घटनाले उनको राजनीतिक करियरलाई गम्भीर असर पुर्याउनेछ?