झापामा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अडिसन सुरु

झापा – विश्वभरका नेपाली प्रतिभाहरू प्रतिस्पर्धा गर्ने दुई ठूला रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स को पूर्वी अडिसन शनिबारदेखि झापाको विर्तामोडमा सुरु भएको छ।

उद्घाटन वरिष्ठ गीतकार शिवशंकर थापा र गायक कुवेर राई को विशेष उपस्थितिमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका का अध्यक्ष डिल्ली अधिकारी ले पानस प्रज्वलन गरी गरे। अधिकारीले नेपाली कलाकारिता जगेर्ना गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताए।

पूर्वी अडिसनमा १,१४३ प्रतिभाहरूले नाम दर्ता गराएका छन्। पहिलो दिन ६०० भन्दा बढीले प्रतिस्पर्धा गरेका छन् भने बाँकी आइतबार प्रतिस्पर्धा गर्नेछन्।

यी रियालिटी शोका अडिसन लण्डन, पोर्चुगल, अष्ट्रेलिया, जापान, थाइल्याण्ड, हङकङ, दुबई, कतार, मुम्बई, सिलिगुडी लगायत विभिन्न ठाउँमा भइसकेका छन्। नेपालमा पोखरा र नेपालगञ्ज का अडिसन सम्पन्न भइसकेका छन् भने आगामी चैत्र १६-१७ गते काठमाडौंमा अन्तिम अडिसन हुनेछ।

विजेताले १ करोड रुपैयाँ, उपविजेताले २५ लाख, र तेस्रो स्थानले १० लाख जित्नेछन्। नेपाल टेलिभिजन बाट प्रसारण हुने यी शोहरू विशाल भण्डारी, विशाल अर्याल, र मौसमी गुरुङ को निर्देशनमा हुनेछ।

More From Author

टेक्सासमा भीषण टर्नाडो: १८ जनाको मृत्यु, ठूलो क्षति

अमेरिकामा आप्रवासीहरूका लागि नयाँ चुनौती, ग्रिन कार्ड सुरक्षित छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *