हेटौंडाबाट एक करोड बढी मूल्यको अवैध कपडा सहित दुई भारतीय पक्राउ

हेटौंडा उपमहानगरपालिकाबाट भन्सार छली ल्याएको एक करोड बढी मुल्यको अवैध लत्ताकपडा सहित भारतीय नागरिक पक्राउ परेका छन् ।मकवानपुर प्रहरीले बुधवार १५ नम्बर वडाको रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा लिएको थियो । रातोमाटे भारतीय सीमावर्ती बजार रक्सौलसँग जोडिएको बीरगञ्जबाट हेटौंडा प्रवेश गर्ने प्रमुख नाका हो ।डब्लूबी ४९ एन २१७८ नम्बरको भारतीय ट्रकमा ल्याइएको कपडा एक करोड ३५ लाख रुपैयाँ मुल्य बराबरको रहेको एसपी रिजालले बताए । प्रहरीले ट्रक चालक भारतको बिहार प्रदेशको मोतिहारी जिल्ला पुर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र सहचालक बिहार, पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मियालाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार