राम मन्दिरमा भयो प्राण प्रतिष्ठा अयोध्याको

राम मन्दिरमा भयो प्राण प्रतिष्ठा अयोध्याको

भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएको छ।

उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका हुन्।

सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए।

राम मन्दिर निर्माण गरिएको स्थान लामो समयदेखि विवादित थियो। मुस्लिम समुदायले उक्त स्थानमा भत्काइएको बाबरी मस्जिद बनाउनुपर्ने बताउँदै आएका थिए।

सन् २०१९ मा सर्वोच्च अदालतले सो ठाउँमा राम मन्दिर बनाउन आदेश दिएपछि मन्दिरको शिलान्यास भएको थियो।

सोमबार मन्दिर उद्घाटन हुँदा पनि सम्पूर्ण रूपमा बनिनसकेको र मन्दिर नबन्दै प्राण प्रतिष्ठा गर्न नहुने महन्थहरूले बताउँदै आएका थिए।

मन्दिर बनिसक्न अझै एक वर्ष लाग्ने भातरीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्राण प्रतिष्ठाका बेला भारतभर सार्वजनिक बिदा दिइएको छ। नेपालका पनि सीमावर्ती क्षेत्रका कतिपय पालिकाले बिदा दिएका छन् भने माछामासु बिक्री वितरणमा रोक लगाइएको छ।

More From Author

खरको छानोको घर पर्यटकका रोजाइमा

मधेसका मयन यादवले प्रहार गरे शतक प्रधानमन्त्री कपमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *