पक्राउ स्क्वायर होटलकी सञ्चालक

पक्राउ स्क्वायर होटलकी सञ्चालक

 

 

 

प्रहरीले ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक ललिता भण्डारीलाई शनिबार नियन्त्रणमा लिएको हो।

परिसरका प्रवक्ता एसपी नवराज कार्कीले होटल सञ्चालक भण्डारीलाई नियन्त्रणमा लिइएको सेतोपाटीलाई बताए।

जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

उनी घाइते भएपछि परिवारले उक्त होटलका सञ्चालकहरू रोमी अर्याल र ललिता भण्डारीविरूद्ध जाहेरी दिएका थिए। ललिता रोमीको सासु हुन्।

रोमी भने पक्राउ परेकी छैनन्।

यो पनि: होटल स्क्वायरमा स्वीमिङ गरेका सजिलमान झण्डै पाँच महिनादेखि अचेत

More From Author

भ्रष्टाचारको राजनीतिकरण ,छानबिनको फाइल खोसाखोस

पशु चिसोबाट जोगाउन किसानलाई समस्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *