न्युजिल्यान्डविरूद्ध यू-१९ विश्वकप

न्युजिल्यान्डविरूद्ध यू-१९ विश्वकप

आइसिसी यू-१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ। दक्षिण अफ्रिकामा भइरहेको प्रतिस्पर्धाको समूह ‘डी’ को खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

नेपालले न्युजिल्यान्डको तीन विकेट लिइसकेको छ। पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको हो।

नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए। उनले १०.१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरे। वाट्सनले १४ रन बनाउने क्रममा २५ बल खेलेर २ चौका प्रहार गरे।

१३.५ ओभरमा नेपालले दोस्रो विकेट लियो। नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरे। जोन्सले ४५ बल खेल्दा ५ चौका प्रहार गरेका थिए।

स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिए। उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा विकेटकिपरबाट क्याच गराए।

न्युजिल्यान्डले तेस्रो विकेट गुमाउँदा ६७ रन जोडेको स्थिति थियो।

More From Author

राष्ट्रपतिलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षको संसदको महासचिव नियुक्त गर्न ताकेता

राजीनामा दिए न्याय परिषदको छानबिनमा परेका जिल्ला न्यायाधीश भट्टराईले

Leave a Reply

Your email address will not be published. Required fields are marked *