एक खर्ब ७६ अर्बको सिमेन्ट ६ महिनामा नेपालले बेच्यो

एक खर्ब ७६ अर्बको सिमेन्ट ६ महिनामा नेपालले बेच्यो

चालु आर्थिक वर्षमा निर्माण सामग्री सिमेन्ट र अर्ध-तयारी सिमेन्ट (क्लिंकर) को निर्यात उल्लेख्य बढेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा एक खर्ब ७६ अर्ब ३३ करोडको सिमेन्ट र क्लिंकर निर्यात भएको छ।

गत वर्ष (१२ महिना) मा ७७ करोड ९३ लाख रूपैयाँको मात्रै सिमेन्ट र क्लिंकर निर्यात भएको थियो। यो वर्ष ६ महिनामै १२६ प्रतिशतले निर्यात बढीसकेको छ।

६ महिनाको अवधीमा नेपालबाट १६ लाख ७२ हजार ३६८ टन सिमेन्ट र क्लिकंर निर्यात भएको तथ्यांक छ।

अहिले भारतीय बजारमा नेपालको सात वटा ब्रान्डको सिमेन्ट बिक्री भइरहेका छन्। अर्घाखाँची, पाल्पा र सर्वोत्म सिमेन्टले भित्ते विज्ञापन समेत सुरू गरेका छन्।

सिमेन्टको निर्यात गत वर्षबाट सुरू भएकोमा अहिलेसम्म दुई अर्ब ५३ करोडको निर्यात भइसकेको छ।

More From Author

किन परेन पानी? मध्यहिउँद घर्किंदा पनि

राष्ट्रपतिलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षको संसदको महासचिव नियुक्त गर्न ताकेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *