विमान बेपत्ता अफगानिस्तानमा

विमान बेपत्ता अफगानिस्तानमा

 

 

 

काबुल : अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको प्रान्तीय सरकारका अधिकारीले आइतबार बताएका छन्।

चीन, ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको बादख्शान प्रान्तको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको छ। दुर्घटना भएको स्थान भने खुल्न नसकेको बताइएको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार दुर्घटनाग्रस्त विमान रूसको हो र विमानमा ६ जना रहेका छन्। दुर्घटनापछि उनीहरूको अवस्थाबारे समाचार तयार पार्दासम्म जानकारी प्राप्त हुन सकेको छैन।

प्रान्तीय सूचना विभागका प्रमुख जबिहुल्ला अमिरीले भने, ‘विमान दुर्घटनाबारे बिहान स्थानीय प्रत्यक्षदर्शीले हामीलाई खबर गरेका थिए। हिमाली क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको छ तर कुन ठाउँ भने खुल्न सकेको छैन। हामीले खोजीका लागि टोली पठाएका छौँ।’

घटनास्थल दुर्गम पहाडी क्षेत्रमा रहेको भन्ने प्रत्यक्षदर्शीको प्रारम्भिक जानकारी आएकाले उद्धार टोली घटनास्थल पुगेर सूचना पठाउन अझै केही समय लाग्ने अनुमान छ। अफगानिस्तानको सबैभन्दा अग्लो ७,४९२ मिटर (२४,५८० फिट) को हिमाल नोशाक रहेको हिन्दूकुश पर्वत शृंखला बादख्शानमा रहेको छ।

More From Author

अध्यक्ष र सचिवमा उठ्न नपाउने एमालेबाट जितेका जनप्रतिनिधि जिल्ला

करदाता तीन लाख ४३ हजारभन्दा बढी काठमाडौं महानगरमा पुगे

Leave a Reply

Your email address will not be published. Required fields are marked *