स्वदेश फिर्ता प्रधानमन्त्री दाहाल

 

स्वदेश फिर्ता प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन्।

युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन्। उनी माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका थिए।

सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। साथै उनले इजरायल-हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए। उनले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्‍याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए।

More From Author

सजिलमान झण्डै पाँच महिनादेखि अचेत होटल स्क्वायरमा स्वीमिङ गरेका

उद्धार गर्ने गएका दुई छिमेकी घाइते ,रक्सी खाएर श्रीमतीको हत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *