स्वास्थ्यमन्त्री बस्नेत सिनेटको बैठकबाट धरानको समस्या समाधान गरिन्छ

 

स्वास्थ्यमन्त्री बस्नेत सिनेटको बैठकबाट धरानको समस्या समाधान गरिन्छ

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सिनेटको बैठक राखी समाधान गर्ने बताएका छन्।

धरानबाट समस्या समाधानको माग गर्दै आएकाे राजनीतिक दलको प्रतिनिधि मण्डल र स्वास्थ्यमन्त्री बस्नेतबीच मन्त्रालयमा आज वार्ता भएको थियो।

छलफलका क्रममा शिक्षक र कर्मचारी बढुवाका विषयमा तत्काल कार्यकारिणी समितिको बैठक बसी सञ्चालक परिषदमा पेस गर्ने प्रस्ताव तयार गर्ने र सञ्चालक परिषद्को विशेष बैठक बोलाउने सहमति भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए।

सिनेटको बैठकले शिक्षक कर्मचारीको पदोन्नतिका माग संशोधन हुनेसमेत उनले बताए।

स्वास्थ्यमन्त्री बस्नेतले प्रतिष्ठानको विषयमा आफू अत्यन्त गम्भीर भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्य सचिव बैकुण्ठ अर्यालसँग संयुक्त बैठक बसेको बताउँदै मुख्य सचिवलाई माग सम्बोधन गर्न आवश्यक गृहकार्य गर्ने जिम्मेवारी दिइएकोसमेत जानकारी गराए।

More From Author

६ लाख कार्ड आइपुग्यो ,रोकिएको लाइसेन्स छपाइ अघि बढ्दै

‘कल्चरल भिलेज’ ६० लाखमा देवनारायणले बनाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *