फेरि हिंसा भड्कियो, मणिपुरमा आठ जनाको मृत्यु

फेरि हिंसा भड्कियो, मणिपुरमा आठ जनाको मृत्यु

 

 

 

भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ। केही महिनादेखि कम भएको जातीय द्वन्द्व फेरि हिंसामा परिणत भएको भारतीय अधिकारीले जनाएका छन् । हिंसामा पाँच सर्वसाधारण  र सेनाका तीन जवानसहित आठ जनाको मृत्यु भएको छ।

बुधबार तीन प्रहरीको मृत्यु भएको र ६ प्रहरी घाइते भएको क्षेत्रमा त्यसको भोलिपल्ट सेनाका तीन जवान मारिएको जनाइएको छ। सेनासँग भएको झडपमा कयौँ मानिस घाइते भएका छन्। बिहीबार मणिपुरका कयौँ क्षेत्रमा हिंस्रक प्रदर्शन भएको थियो।

मणिपुरमा आठ महिनादेखि जातीय द्वन्द्व चलिरहेको छ। यस क्रममा २००भन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजार मानिस विस्थापित भएका छन्।

More From Author

बलिदानी दिवस मनाउँदै आज मधेश प्रदेश

६ महिनामा झण्डै पाँच अर्ब राजस्व उठायो काठमाडौं महानगरले

Leave a Reply

Your email address will not be published. Required fields are marked *