राहदानी सेवा मिर्चैया नगरपालिकाबाटै

राहदानी सेवा मिर्चैया नगरपालिकाबाटै

 

 

सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ।

मेयर श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरू गरेका हुन्।

‘अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ’, मेयर यादवले भने, ‘आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ।’

उनकाअनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ।

स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन्।

नागरिकलाई सहज होस् भनेर जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सो कार्यालयबाट प्राप्त राहदानी पालिकाबाट नै वितरण सुरु गरेको उनले बताए।

More From Author

आन्दोलनको तयारीमा जुटे महतो भारतबाट फर्केपछि

अस्पतालमा काम गर्ने डाक्टरलाई जाजरकोट मासिक थप १ लाख भत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *