एकै वर्षमा पाँच परीक्षा लोकसेवाको उत्तीर्ण !

एकै वर्षमा पाँच परीक्षा लोकसेवाको उत्तीर्ण !

 

गुल्मी : जिल्लाकी मनिषा जीसी (विष्णु घर्ती)ले लोकसेवा आयोगले लिएका विभिन्न पदका पाँच परीक्षा उत्तीर्ण गरेकी छिन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जीसीले एक वर्षभन्दा कम अवधिमा पाँच परीक्षा उत्तीर्ण गरेकी हुन्।

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र संघीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तहका परीक्षा उत्तीर्ण गरेकी हुन्।

‘सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो। छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ’, उनले भनिन् । परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाइ छ। उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको बताइन्।

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट २०७५ मा उत्तीर्ण गरेकी हुन्। यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन्। उनले माध्यमिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन्। उनी अहिले बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन गर्दै छिन्।

More From Author

६ जनाको मृत्यु पछिल्लो २४ घण्टामा सवारी दुर्घटनाबाट

युगाण्डा प्रस्थान प्रधानमन्त्री दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *