गोली चलाउने प्रहरीलाई बरहथवा घटनामा कारबाही गर्न सिफारिस

गोली चलाउने प्रहरीलाई बरहथवा घटनामा कारबाही गर्न सिफारिस

 

 

 

 

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनामा गोली चलाउने प्रहरीलाई कारबाही हुने भएको छ।

घटनाको छानबिनका लागि बनेको समितिले गोली चलाउने प्रहरीलाई कारबाही सिफारिस गरेको हो।

पुस २० गते बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा झडप हुँदा प्रहरीको गोली लागेर जयशंकर साहको मृत्यु भएको थियो।

त्यसपछि गृह मन्त्रालयले सचसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो।

समितिले प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

 

‘छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ। मन्त्रीज्यू र गृहसचिवज्यूले यसबारे अध्ययन गर्दै हुनुहुन्छ,’ उनले भने, ‘प्रतिवेदनमा के छ मैले हरिसकेको छैन।’

बहरथवामा प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादवले गोली चलाएको खुलेको थियो।

उनलाई कारबाही समितिले सिफारिस गरेको गृह स्रोतले बतायो।

More From Author

लिम्बु र राईको फरक यस्तो

४१ प्रजातिका जलपक्षी भेटिए, नारायणी नदी क्षेत्रमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *