२१ वर्षपछि पक्राउ सर्वश्वसहित जन्मकैद सजाय पाएका व्यक्ति

२१ वर्षपछि पक्राउ सर्वश्वसहित जन्मकैद सजाय पाएका व्यक्ति

 

 

 

कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्‍मकैद सजाय पाएका व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन्।

श्रीमतीको हत्याका कसुरदारलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका-१ घर भई रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बस्ने ७० वर्षीय सूर्यबहादुर दवाडी छन्।

उनलाई ब्युरोले सोमबार बेलहियाबाट पक्राउ गरेको हो।

एसपी अधिकारीका अनुसार सूर्यबहादुरले २०५९ फागुन २८ गते ज्वालामुखी गाउँपालिका-१ स्थित घरको बारीमा आफ्नी श्रीमती सानुमायाको हत्या गरेका थिए।

अंश विवादमा झगडा हुँदा सूर्यबहादुरले श्रीमती सानुमायामाथि कुटपिट गरी नाम्लोले घाँटी कसेर रूखमा झुण्ड्याएर हत्या गरेका थिए। हत्यापछि शवलाई बुढी गण्डकी दोभानमा लगेर जलाएर अन्त्येष्टि समेत गरेका थिए।

कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भई जिल्ला अदालत धादिङले उनलाई २०६१ जेठ ५ गते सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

तत्कालीन पुनरावेदन अदालत पाटनले उक्त फैसला उल्टाएपनि सर्वोच्च अदालतले २०६७ माघ ३ गते जिल्ला अदालतको फैसला सदर गरिदिएको थियो।

त्यसयता भारतका विभिन्न स्थानमा लुकेर बसेको भन्ने सूचना प्रहरीले पाएको थियो। नेपाल प्रवेश गरेको सूचना पछि खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। कारबाहीका लागि उनलाई जिल्ला अदालत धादिङमा पेश गरेको छ।

More From Author

प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव देश विकास गर्न नसक्ने

१५० सम्पदा, ४ अर्ब रुपैयाँ आवश्यक भूकम्पकाे ८ वर्ष बित्दा पनि अझै बनेनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *