१०० दिन पूरा इजरायल–हमास युद्धको

१०० दिन पूरा इजरायल–हमास युद्धको

 

 

 

 

इजरायल–हमास युद्धको १०० दिन पूरा भएको छ। गत अक्टोबर ७ मा हमास लडाकुले इजरायलमा प्रवेश गरेर हिंसा मच्चाएसँगै शुरु भएको लडाइँपछि इजरायलले लगातार शक्तिशाली आक्रमण गरी गाजाको अधिकांश क्षेत्र ध्वस्त पारेको छ।

 

हालसम्म गाजा, वेस्ट ब्यांक तथा तेल अभिव लगायतका ठाउँमा गरी इजरायली सेनाको कारबाहीमा २४ हजार प्यालेस्टिनी मारिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै इजरायली सेनाको आक्रमणमा गाजामा १३५ जनाको मृत्यु भएको छ। ३१२ जना घाइते भएको अलजजिराले उल्लेख गरेको छ।

इजरायलमा भने हमासले कब्जा गरेका आफन्तको रिहाइको माग गर्दै प्रदर्शन भएको छ। हजारौँ मानिसले राजधानी तेल अभिव, जेरुसेलम लगायतका शहरमा प्रदर्शन गरेका छन्। हमासले ७ अक्टोबरमा इजरायलका विभिन्न ठाउँमा आक्रमण गरी नेपालका  विपीन जोशीसहित इजरायलसहित विभिन्न देशका झण्डै ३०० मानिसलाई बन्धक बनाएको थियो।

बिचमा भएको युद्धविराममा केही बन्धक छुटे पनि ठूलो संख्याका बन्धक अझै छुट्न सकेका छैनन्। यसैबीच प्रेस फ्रिडम ग्रुपले गाजा युद्धमा रिपोर्टिङका क्रममा ठूलो संख्यामा पत्रकार मारिएको भन्दै पत्रकारको सुरक्षाका लागि अपिल गरेको छ। ७ अक्टोबरयता इजरायल–गाजा युद्धको रिपोर्टिङ गरिरहेका ८२ पत्रकार मारिएका छन्।

More From Author

अन्तिम सुनुवाइ आजदेखि आलमको मुद्दाको

बच्चाको मृत्यु बाल्टिनको पानीमा डुबेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *