तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने राष्ट्रियसभाका उम्मेदवारले

तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने राष्ट्रियसभाका उम्मेदवारले

 

 

 

काठमाडौं : निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ।

आयोगले  राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची-१ अनुसार यो सीमा तोकिएको जनाएको छ।

उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगले जनाएको छ।

उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फवाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन पनि आयोगले निर्देशन गरेको छ।

त्यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने छ

More From Author

स्वस्थानी व्रतकथा भेटियो जंगबहादुर राणाको पालाको

बस्दै सत्ता गठबन्धनको बैठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *