राष्ट्रपतिको आग्रह हिमाल र पानीको स्रोत जोगाउन

राष्ट्रपतिको आग्रह हिमाल र पानीको स्रोत जोगाउन

 

 

 

राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बट्टिमरको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।

शितल निवासमा बिहीबार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि हिमाल बचाउन र पानीको स्रोत जोगाउने साझा मुद्दामा दुवै देश मिलेर काम गर्नुपर्ने बताए।

हिमाल बचाउने कुरा नेपालको मात्र नभएर विश्वकै साझा चुनौती भएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि कार्बन उत्सर्जन बढी गर्ने मुलुकले बढी लगानी गर्नुपर्ने नेपालको धारणाबारे प्रष्ट पारेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

बन्धुत्व, आपसी सहयोग तथा समझदारीमा आधारित दुई देशको सम्बन्ध आगामी दिनमा थप मजबुत बनाउँदै बहुहपक्षीय क्षेत्र एवं अन्तराष्ट्रिय मञ्चहरुमा साझेदारी गर्दै अगाडि बढ्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए।

अध्यक्ष जेरी बट्टिमरले नेपालको लोकतान्त्रिक संविधानमा जनताका अधिकारहरूको व्यवस्था देखेर आफू चकित र रोमाञ्चित भएको उल्लेख गरेका थिए।

More From Author

महिला पक्राउ अमेरिका पठाइदिन्छु भनेर २३ लाख ठगी गर्ने

सभाध्यक्षको भेट राष्ट्रपतिसँग आयरल्याण्डका

Leave a Reply

Your email address will not be published. Required fields are marked *