घाइते दुई जनाको मृत्यु भिमाद दुर्घटनामा

घाइते दुई जनाको मृत्यु भिमाद दुर्घटनामा

 

 

 

 

तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप बुधबार दुर्घटना हुँदा घाइते दुई जना मृत्यु भएको हो। उनीहरूको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। मृतक दुबैको पहिचान खुल्न बाँकी छ।

ग१ज ६३५६ नंको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। जिपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो।

थप उपचारका लागि तीनजनालाई पोखरा पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

More From Author

दुईजनाको मृत्यु तनहुँ जिप दुर्घटना अपडेट

थप तीन साता दैनिक चार घन्टा बन्द हुने नारायणगढ–मुग्लिन सडक

Leave a Reply

Your email address will not be published. Required fields are marked *