माछा मार्न खोलामा गएका पुरूष मृत फेला

माछा मार्न खोलामा गएका पुरूष मृत फेला

 

 

 

मकवानपुरमा एक जना पुरूष मृत फेला परेका छन्।

बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरे बस्ने अन्दाजी ३५ वर्षीय गोपाल थिङ सोमबार २:१५ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

उनका अनुसार थिङ आइतबार अपराह्न ४ बजे घरबाट माछा मार्न जान्छु भनेर निस्किएका थिए। तर उनी अबेरसम्म पनि नफर्किएपछि आफन्तहरू खोजी गर्न हिँडेका थिए।

खोजी गर्नेक्रममा उनको शव बागमती खोलामा फेला परेको हो।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

 

More From Author

हातपात गरेको आरोपमा पक्राउ ड्युटीमा खटिएका प्रहरीमाथि

गठबन्धनका उम्मेदवार सिटौलाले गराए उम्मेदवारी दर्ता कोशीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *